पाल्पामा पहिरोले २२ घर जोखिममा
पाल्पा | असोज २४, २०७९
तस्बिर फाइल
पाल्पा : लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो ।
पहिराका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ । पहिरापीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ ।
बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्नुहुन्छ । उहाँ भन्नुभयोे, “तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिराले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।”
यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पु¥याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभएको छ । निस्दी–४ मित्यालको एक विद्यालय र दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिराले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

